नागरिकता विधेयक प्रमाणिकरण भएकोमा रवि लामिछानेको आपत्ति
टुडेपाटी–
काठमाडौँ, जेठ १७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणिकरण भएकोमा आपत्ति जनाएका छन् ।
लामिछानेले नयाँ जनादेशबाट बनेको नयाँ संसदमा नागरिकता विधेयक छलफल नगरी प्रमाणीकरण गरेको भन्दै आपत्ति जनाएका हुन् ।
बुधबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो आपत्ति जनाएका हुन्।
राष्ट्रपति पौडेलले बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अध्यक्ष लामिछानेले आपत्ति जनाएका हुन्।
उनले पूरानो विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत भएको बताए।
Sponsored
सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ।’
जेठ १२ मा सरकारले राष्ट्रपति पौडेललाई विधेयक प्रमाणीकरणका लागि अनुरोध गरेको थियो।
संघीय संसद्बाट पारित गरे पनि गत असोजदेखि राष्ट्रपति कार्यालयमा अलपत्र परेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण हुन रोकेकी थिइन्।