ठगी आरोपमा हरिवनका मेयरका छोरा पक्राउ
टुडेपाटी–
सर्लाही, जेठ १७ गते ।
ठगी आरोपमा सर्लाहीको हरिवन नगरपालिकाका मेयरका छोरा पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको भन्दै हरिवनका निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
हरिवनका मेयर कमल बुढाथोकीका जेठा छोरा निरोजलाई मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलिले पक्राउ गरेको हो ।
बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैंया ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
Sponsored