मधेश प्रदेश : मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
शुभ नारायण यादव–
सप्तरी, जेष्ठ १५ गते ।
सप्तरीको बोदेबरसाइन–राजविराज सडक खण्ड अन्तरगत शम्भुनाथ नगरपालिका १२ स्थित अर्नाहा चौकमा मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।
जिल्लाको बोदेबरसाईनबाट राजबिराज तर्फ आउदै गरेको स १० प ४३०४ नम्बरको मोटरसाइकलले पैदल यात्री लालबाबु मण्डलको ३५ बर्षीया श्रीमती बबिता देवी मण्डललाई ठक्कर दिएको थियो ।
ठक्करबाट टाउको पछाडिमा चोट लागेर गम्भिर घाईते भएका बबिताको तत्काल राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारको लागि लगिएको तथा त्यहाँ उपचार हुन नसक्दा थप उपचारको लागि बिराटनगर न्युरो लगिएको थियो । विराटनगरमा उपचारको क्रममा आज बिहान उनको मुत्य भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसेबिच मोटरसाइकल चालक सप्तरीके बोदेबर्साईन नगरपालिका वडा नं. ५ भाटिन टोल बस्ने मो. अख्तर फरार रहेको तथा चालकको खोजी कार्य तिव्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिए ।
Sponsored