TodayPati

मधेश प्रदेश : झण्डै दुई करोड हिनामिना गरेको आरोपमा हुलाक कार्यालय प्रमुख पक्राउ

टुडेपाटी-
बारा, जेठ १४ गते ।

प्रहरीले बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् ।

हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको आरोपमा ५० वर्षीय कुर्मीलाई शनिबार प्रहरीले  नियन्त्रणमा लिएको हो । 

Sponsored

पर्साको बहादुरमाई गाँउपालिका २, घर भएका कुर्मी जिल्ला हुलाक कार्यालय कलैयाका प्रमुख हुन् ।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जनाएका छन् । 

कुर्मीले जिल्ला हुलका बचत बैंक कलैयामा सेवाग्राहीले जम्मा गरेको रकम हिनामिना गरेको विषयमा सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *