TodayPati

राराब क्याम्पसमा विद्यार्थीले अब मोबाइल ल्याए जफत गरिने

टुडेपाटी-
जनकपुरधाम, जेठ १४ गते ।

रामस्वरुप रामसागर बहुमुखी (राराब)क्याम्पसमा विद्यार्थीले अब मोबाइल लगिए जफत गरिने भएको छ ।

आइतबार क्याम्पसले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत् केही विद्यार्थीहरुले क्याम्पस कम्पाउण्ड भित्र क्याम्पसको पोशाक लगाएर टिक-टोक बनाएको भिडियो सार्वजनिक भएकोले सबै संकायको विद्यार्थीहरुलाई मोवाईल ल्याउन शख्त मनाही गरेको छ ।

Sponsored

क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादले सो सम्बन्धमा विगतमा पटक-पटक सूचना प्रकाशित गरिए पनि कतिपय विद्यार्थीहरुले मोवाईल ल्याउदै गरेकोले अब कुनै विद्यार्थीले मोवाईल ल्याएको पाईएमा उक्त विद्यार्थीलाई एकिन गरी मोवाईल जब्त गर्नुको साथै क्याम्पस प्रशासनबाट कडा कार्यवाही गरिने जनाएका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *