धनुषाको औरही खोलामा अवैध उत्खनन गर्ने सातजना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, जेठ द१२ गते ।
धनुषाको औरही खोलमा रातिको समयमा अवैध उत्खनन गरिरहेका सातजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेम धनुषाको मिथिला नगरपालिका ५ बस्ने वर्ष २३ का कृष्ण कुमार महतो, वर्ष २४ का ईन्द्रजित यादब, वर्ष ३२ का कृष्ण कुमार महतो, वर्ष ३८ का श्रीलाल महतो, वर्ष ४४ का राम बहादुर घिसिङ, वर्ष २४ का ईन्द्रजित महतो र वर्ष ३५ का रोहित महतो छन् ।
उनीहरुले पक्राउ गर्न पुगेका प्रहरीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् । यही खेलामा अवैध उत्खननको विरोध गर्दा तीनवर्ष अघि श्रीपुरका दिलीप महतोको हत्या भएको थियो ।
उत्खननको लागि प्रयोग गरेको ट्याक्टर, चढेर पुगेको मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए ।
Sponsored