TodayPati

मधेश प्रदेश : यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना पक्राउ

टुडेपाटी–
पर्सा, जेठ १२ गते ।

प्रहरीले यौनधन्दा चलाएको आरोपमा वीरगञ्जबाट होटेल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।

यौन धन्दा चलाएको सूचनाको आधारमा प्रहरी टोलीले बिहीबार साँझ वीरगञ्जको एक होटेलमा छापा मारेको थियो।

Sponsored

प्रहरीले छापा मारेर वीरगञ्ज महानगरपालिका–१५ बसपार्कस्थित होटेल लक्ष्मी एण्ड पार्टी प्यालेसबाट यौन धन्दामा सँलगन रहेको आरोपमा सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटेल सञ्चालक, दुई जना पुरुष ग्राहक र पाँच जना केटीहरु रहेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

पक्राउ परेकाहरुमाथि अभद्र ब्यवहार शिर्षकमा मुदा दायर गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *