TodayPati

मधेश प्रदेश : नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध मुद्दा दायर

टुडेपाटी-
काठमाडौं, जेठ ३ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिम्रौनगढ नगरपालिका-९, बसबरियादेखि अमरपुर जाने बाटोमा माटो पुरेर ग्राभेल गर्ने काममा उपभोक्ता समितिसँगको सम्झौता शर्तविपरीत काम नभएको भनेर झुटा बिल भरपाईका आधारमा १० लाख ८ हजार ९६५ रुपैयाँ भुक्तानी गरेको अख्तियारको दाबी छ ।

Sponsored

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर अजित कुमार गुप्ता, असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरुसँग १० लाख ८ हजार ९६५ रुपैयाँ बिगो माग गरेको छ ।

त्यस्तै अख्तियारले तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद कानु, उपभोक्ता समितिका अध्यक्ष दिनेशप्रसाद यादव, सचिव वैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीताकुमारी यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *