३ दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी
टुडेपाटी–
काठमाडौं, जेठ ३ गते ।
तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीले चेतावनी दिएको छ ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टीले चेतावनी दिएको छ।
नेता लक्ष्मण चौधरीले भने, ‘हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्याएर फैसला हुँदैन ।’
उनले लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने बताए।
यस्तै, टीकापुर घटनामा दोषी ठहर भइ जन्म कैदको सजाय काटिरहेका रेशम चौधरीको रिहाइको माग गर्दै आजबाट शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने उनले बताए।
Sponsored
आयोगको प्रतिवेदन सार्वजनिक नगरे जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने समेत उनले बताए ।