सर्लाहीको एक विद्यालयबाट १० थान कम्प्युटर चोरी
टुडेपाटी-
सर्लाही, बैशाख २९ गते ।
सर्लाहीको एक विद्यालयमा चोरी भएको छ । हरिपुर्वा नगरपालिका ३ धनकौलस्थित राष्ट्रिय अधारभुत विद्यालयमा १० थान कम्प्युटर , खेलकुदसहितको सामान चोरी भएको हो ।
विद्यालयका प्रधानाध्यापक हरिनारायण महतोले करिब १५ लाख बराबरको समानहरु चोरी भएको बताए । चोरी घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।