जनमतको विषयमा पुनरबिचार गर्नुपर्छ : उपेन्द्र यादव
टुडेपाटी-
जनकपुरधाम, बैशाख २८ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश सरकारबाट जनमत पार्टीलाई हटाउने नहटाउने विषयमा बिचार गर्नुपर्ने बतएका छन् ।
शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताए ।
जनमत गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिड्ने व्यबहार गर्ने भएकाले यस विषयमा बिचार पर्ने उनको भनाइ छ ।
‘गठबन्धनमा उपराष्ट्रपतिको एउटा उम्मेदवार दियो । उहाँले छुट्टै आफ्नो उम्मेदवार दियो । गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो पनि हिड्ने व्यबहार गर्ने हो भने त्यस विषयमा बिचार त गर्नै पर्छ यादवले भने ।
केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए ।’पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ उनले भने ।
केन्द्र सरकारमा नरहेका जनमतको मधेश सरकारमा दुईवटा मन्त्रीसहित सहभागी छन् । केही दिनयता मधेश सरकार परिवर्तन र जनमतलाई हटाउने चर्चा भइरहेको बेला यादवले यस्तो संकेत गरेका हुन् ।