धनुषामा चुरोट तान्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु, चारजना साथी पक्राउ
टुडेपाटी–
जनकपुरधाम, बैशाख २८ गते ।
धनुषामा चुरोट तान्ने विषयलाई लिएर विवाद हुँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुरको छतबाट लडी घाइते भएका थिए । उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा मृृत्यु भएको थियो ।
यस घटनामा प्रहरीले मृतकका चारजना साथीलाई नियन्त्रणमा लिई बिहिबार दुईजनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं। ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्र कुमार मण्डल रहेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार मृतक र पक्राउ परेका व्यक्तिहरु मंगलबार धनुषाको जटही नाकाबाट लागूऔषध सेवन गरेर आएका थिए ।
Sponsored
राति १ बजे जनकपुरधाम २३ लादोमा चुरोट किनी सोही स्थानमा निर्माणाधीन रहेको पक्की घरको दोस्रो तल्लामा चढेर गाँजा सेवन गरेका थिए । अन्त्यमा चुरोट तान्ने विषयमा विवादहुँदा मंसुर लडेको र उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।