मधेश प्रदेश : सिमेन्ट उद्योगमा कार्यरत मजदुरको दुर्घटनामा मृत्यु
टुडेपाटी–
सिरहा, बैशाख २८ गते ।
सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको मेसिन मर्मत गर्ने क्रममा दुर्घटनामा परेर मृत्यु भएको छ ।
कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेको बेला बेल्डले लागेर भारतको मध्यप्रदेश सतना जिल्लाका २५ वर्षीय मजदुर अनुराग तिवारीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मेसिन मर्मत गर्ने क्रमममा बेल्टले दाहिने पाखुरा काटिएर घाईते भएका उनलाई कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Sponsored