भानु चोकमा रमेश महतोको सालिक बनाउनुपर्छ : महन्थ ठाकुर
टुडेपाटी–
जनकपुरधाम, बैशाख २८ गते ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जनकपुरधामको भानुचोकमा मधेश आन्दोलनका सहिद रमेश महतोको सालिक राख्नुपर्ने धारणा राखेका छन् ।
जनकपुर विमान स्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले रमेश महतोको सालिक राख्ने कुरा मधेश आन्दोलनको चाहना र जनताले माग भएको बताए ।
उनले भने, ‘मधेश आन्दोलन गरेका युवा तथा मधेशका जनताले अहिले पनि आन्दोलन गरेर नै त्यहाँ रमेश महतोको सालिक राख्न चाहेका छन् । त्यसमा लोसपाको सहयोग रहने छ ।’
मधेश प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपाले पनि त्यसको नेतृत्व लिने भन्दै उनले त्यस विषयमा गठबन्धनमा छलफल चलिरहेको बताए ।
Sponsored