TodayPati

मधेश प्रदेश : करिब ६३ लाखको आयुर्वेदिक औषधी बरामद

टुडेपाटी–
जनकपुरधाम, बैशाख २८ गते ।

भारतबाट अबैध रुपमा ल्याएको पौने ६३ लाख बराबरको आयुर्वेदिक औषधी सिरहा प्रहरीले बरामद गरेको छ।

बुधबार मध्यान्ह लहान नगरपालिका ६ घर भई वडा नं. १ बस्ने रवीन्द्रकुमार साहले भारतबाट भन्सार छली गरेर औषधी ल्याएर राखेको गोप्य सूचनाको आधारमा उनको घरबाट औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

Sponsored

जिल्ला तथा इलाका प्रहरी कार्यालय, सिरहा लहानबाट खटेको प्रहरीको संयुक्त टोलीले साहको घरको बरण्डामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका अन्दाजी ६२ लाख ७५ हजार बराबरको औषधी बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

बरामद गरिएको आयुर्वेदिक औषधीहरू भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *