भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द
टुडेपाटी-
जनकपुरधाम, वैशाख २३ गते ।
भंगहा–जनकपुर–जयनगर रेल सेवा आजदेखि तीन दिनका लागि बन्द भएको छ । भारत विहारको मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा मंगलवार हुने चुनावलाई लिएर नेपाल भारत सीमा क्षेत्र तीनदिनका लागि गए रातिदेख नै सिल हुँदा रेल सेवा बन्द रिएको हो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रवन्धक निरञ्जन झाले एक सूचना जारी गर्दै मंगलबारसम्म रेल सेवा बन्द रहने जानकारी गराएका हुन् ।
‘..मिति २०८१÷०१÷२३ गते आईतवारदेखि २०८१÷०१÷२५ गते मंगलवार सम्म ३ (तीन) दिनको लागि भंगहा–जनकपुर जयनगर खण्डमा संचालित रेल्वे सेवा पूर्ण रुपमा बन्द रहने व्यहोरा सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख छ । आगामी बुधवारदेखि साविक बमोजिम नियमित सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।