TodayPati

उपेन्द्र अमेरिका भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा फुट्यो जसपा

टुडेपाटी-
जनकपुरधाम, वैशाख २३ गते ।

जनता समाजवादी पार्टी (जसपा) फेरि फुटेको छ । जसपा अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला संघीय परिषद् अध्यक्ष ओशक राईले बहुमत सांसदको समर्थनसहित पार्टी फुटाएका हुन् ।

उनले आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

Sponsored

प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । जसमा बहाल वाला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।

नयाँ दलमा राई र सुडीसँगै प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ खुलेका छन् । दल दर्ताको निवेदन दिन उनीहरु सबै आयोग पुगेका थिए ।

नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षमा अशोक राई र संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।

Sponsored

केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जानकारी दिए ।
नयाँ दलको लागि दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *