TodayPati

मधेश प्रदेश : छुट्टा छुट्टै घटनामा दुई बालबालिकाको मृत्यु

टुडेपाटी–
सर्लाही, बैशाख ८ गते ।

सर्लाहीमा छुट्टा छुट्टै घटनामा दुईजना बालबालिकाको मृत्यु भएको छ ।

बिहीबार दिउँसोपख ईश्वरपुर नगरपालिकामा करेन्ट लागेर एक बालक र चन्द्रनगर गाउँपालिकाको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

Sponsored

ईश्वरपुर नगरपालिका –१५, बस्ने श्याम दासका छोरा वर्ष १२ का आशिषकुमार दासको आफ्नै घरको पङ्खामा रहेको तार छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते बालकलाई गाउँकै एक क्लिनिकमा सामानय उपचार गरी लालबन्दीस्थित मोडेल अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चन्द्रनगर गाउँपालिका –२, बबरगञ्जमा नुहाउनेक्रममा पोखरीमा डुबेर मामाघर आएकी एक बालिकाको मृत्यु भएको छ । स्थानीय रामप्रसाद सिंह दनुवारको पोखरीमा डुबेर सर्लाहीकै गोडैता नगरपालिका –६, बगदह बस्ने अमरेश पटेलकी छोरी वर्ष ११ की गुञ्जन पटेलको मृत्यु भएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *