मधेश प्रदेश : नक्कली विवरण पेस गरेर नागरिकता बनाउन खोजेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ
टुडेपाटी–
बारा, बैशाख ८ गते ।
बारामा नक्कली विवरण पेस गरी वंशजको नाताले नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नागरिकता लिइसकेका नक्कली बाबु छोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।
कलैया उपमहानगरपालिका १० मटिअर्वाका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।
रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएका थिए ।
गोप्य उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।
Sponsored
यस्तै नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष महम्मद साबिरलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएका छन् ।