TodayPati

सिरहामा सर्पले डस्दा ४ वर्षीय बालको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, बैशाख ८ गते ।

सिरहामा विषालु सर्पले डस्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेेमा गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनास छन् ।

बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बालकलाई सर्पले टोकेपछि उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्।

Sponsored

सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्‍याइएको थियो।

त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो। तर उपचार गर्दागर्दै बालकको मृत्यु भएको स्थानीयसमेत रहेका पत्रकार रामभरोसी यादवले जानकारी दिए। 

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *