TodayPati

जनकपुरमा स्वेताको जिउमा परिवारले लगाए आगो !

टुडेपाटी-
जनकपुरधाम, बैशाख ७ गते ।

जनकपुरमा आगो लगाएर एक महिलाको हत्या प्रयास भएको छ । जनकपुरधाम उपमहानगरपालिका -२० देवपुरारुपैठाकी २८ वर्षीया स्वेता झाको शरीरमा आगो लगाइएको हो । श्रीमान राजिव झासहित परिवारका अन्य सदस्यले आगो लगाएर हत्या गर्ने प्रयास गरेको पीडितले बताएकी छन् ।
आगोबाट डढेर गम्भीर घाइते स्वेताको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाइन् । स्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवरलगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन् ।

Sponsored


उनले भनिन्, ‘हाम्रो विवाह भएको १० वर्ष वितिसक्दा पनि दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए । अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’
नयाँ वर्षका दिन वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले स्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको स्वेताको आरोप छ ।
राजिवको परिवारले आफूलाई मरनासन्न हुनेगरि कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पतालसमेत नल्याएको उनको दुःखेसो छ ।


घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया गाउँ माइत रहेकी स्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । स्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।


घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला आफ्नो बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाएकी छन् ।

Sponsored


स्वेताले विवाहपश्चात् आफ्नो बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *