मधेश प्रदेश : बिद्युत चुहावट गरेको आरोपमा दुईजना पक्राउ
टुडेपाटी–
सप्तरी, बैशाख ७ गते ।
बिद्युत चुहावट गरेको आरोपमा सप्तरीमा दुईजना पक्राउ परेका छन् ।
बिहिबार बिहान करिब ७ बजेको समयमा सप्तरीको विभिन्न स्थानबाट दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरी र नेपाल बिद्युत प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले राजबिराज नगरपालिका १३ बस्ने योगेन्द्र यादव र डाकनेश्वरी नगरपालिका ७ बस्ने खेमराज चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored