TodayPati

मधेस प्रदेश : कृषि मन्त्रालयले आगामी वर्षमा एक लाख किसानलाई गाई/भैँसी/बाख्रा दिने

टुडेपाटी–
जनकपुरधाम, बैशाख ७ गते ।

मधेश सरकारले आगामी वर्षमा एकलाख किसानलाई गाई÷भँैसी÷बाख्रा दिने भएको छ ।

बिहिबार भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को निति तथा कार्यक्रममा ३१ बुन्दे योजना शामिल गर्न लागेको जनाएको छ ।

Sponsored

मन्त्री वसन्त कुश्वाहाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा ३१ बुन्दे योजना शामिल गर्न लागेको जानकारी दिए ।

उनका अनुसार मलको अभाव प्रत्येक वर्ष भईरहेको समयमा रसायनिक मललाई विस्तारै विस्थापन गर्दै लैजाने योजना मन्त्रालयको रहेको छ ।

मधेस प्रदेशमा ३ लाख मेट्रिक टन रसायनिक मलको आवश्यक्ता रहेको समयमा संघ सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन मल उपयोगमा ल्याइने मन्त्री कुश्वाहाले बताए । बाँकीमा प्रांगारिक मलको प्रयोगलाई बढावा दिइने उनको भनाई थियो ।

Sponsored

किसानलाई आत्मनिर्भर बनाउनकालागि किसानहरुको पहिचान गरी एक लाख किसानलाई गाई अथवा भैसी र बकरी वितरण गरिने मन्त्रीले बताए । यसका लागि एनजिओ तथा आइएनजिओसंग समन्वय गरी बजेट व्यवस्थापन गर्ने मन्त्रालयको लक्ष्य छ ।

मन्त्री कुशवाहाले बैशाख १५ गतेसम्म सर्वसाधारणलाई सुझाव दिन भनिएकोमा ड्राफ्ट सार्वजनिक गरेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *