मधेश प्रदेश : ट्रकको ठक्करबाट मोटरसाइकल सवार दुईजनाको मृत्यु
टुडेपाटी-
सर्लाही, बैशाख ७ गते ।
सर्लाहीमा ट्रककाे ठक्करबाट माेटरसाइकलमा सबार दुईजनाकाे मृत्यु भएकाे छ ।
बिहिबार बिहान करिब सवा सात बजेको समयमा पश्चिमबाट पूर्वतर्फ गईरहेकाे ना. ३३ प ७५१३ नम्बरकाे माेटरसाईकललाई प्र. २-०३-००१ख ८१५ नम्बरकाे मालबाहक ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गकाे कालिञ्जाेर खाेलाकाे पूलदेखि केही पश्चिम ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएकाे छ ।
ठक्करबाट माेटरसाईकल चालक एवं पछाडी सबार एकजनाकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक शान्तराम कार्कीका अनुसार ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
मृतकको अहिले सनाखत हुन सकेको छैन भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
Sponsored