मधेश प्रदेशको दुग्ध विकास वोर्डको उपाध्यक्षमा डा. साह
टुडेपाटी–
जनकपुरधाम, बैशाख ६ गते ।
मधेश प्रदेश सरकारले गठन गरेको दुग्ध विकास वोर्डको उपाध्यक्षमा बरिष्ठ पशु चिकित्सक डा. शम्भु नारायण साह नियुक्त भएका छन् ।
मधेश प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खुल्ला विज्ञापन गरेर प्रतिस्पर्धा मार्फत डा. साहलाई छनौट गरेको हो ।
छनौट प्रक्रिया पुरा गरेर मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री स्तरीय निर्णयवाट डा. साह नियुक्त भएको मन्त्रालयका सचिव डा. नम्रता सिंहले हस्ताक्षर गरि दिएको नियुक्ति पत्रमा उल्लेख रहेको छ ।
मधेश प्रदेश सरकारको उक्त वोर्डले मधेश प्रदेशमा पशुपालनलाई प्रोत्सान दिनुको साथै दुग्धमा प्रदेशलाई आत्म निर्भर बनाई निर्यात गर्ने क्षमताको विकास गर्ने उद्देश्य लिएको छ ।
Sponsored