मधेश प्रदेश : जग्गाको विषयमा विवाद हुँदा एकजना घाइते, उपचारको लागि विराटनगर रिफर
टुडेपाटी–
सप्तरी, बैशाख ६ गते ।
सप्तरीमा जग्गाको विषयलाई लिएर दुईपक्षबीच कुटपिट हुँदा एकजना घाइते भएका छन् ।
कंचनरुप नगरपालिका ८ लदबेदी बस्ने ४० वर्षीय सत्रुधन राउत र ३२ वर्षीय शंकर राउत, उनको श्रीमती ३० वर्षीया पबनी राउत, उनको भाई ३० वर्षीय राधेश्याम राउत, उनको श्रीमती २८ वर्षीया बबिता राउतबीच जग्गाको बिषयलाई लिएर झै–झगडा तथा कुटपिट हुदा सत्रुधन राउतको टाउको फुटेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
राउतको स्थानीय अस्पतालमा सामान्य उपचार पश्चात थप उचारको लागि बिराटनगर रिफर गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यता प्रहरीले कुटपिट गर्ने राधेश्याम राउत र शंकर राउतलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ ।
Sponsored