मधेश प्रदेश : बुवालाई कुटपिट गर्ने छोरा प्रहरीको नियन्त्रणमा
टुडेपाटी–
सप्तरी, बैशाख ३ गते ।
सप्तरीमा बुवालाई कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान शम्भुनाथ नगरपालिका ८ बस्ने ५५ वर्षीय कुशुम खंग र उनका छोरा ३० वर्षीय रमेश खंगबीच घरायसी बिषयमा बादबिवाद भई झै–झग्डा कुटपिट हुदा कुशुम घाइते भएका छन् ।
रमेशले आफ्नै बुवालाई हातले धक्का दिदा बाँसको टाटिमा लडी चिउडो मुनि घाँटी माथि काटिएपछि स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
यता छोरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
Sponsored