मधेश प्रदेश : ग्याङ्ग फाइट गर्ने ८ जना पक्राउ
टुडेपाटी–
सप्तरी, बैशाख ३ गते ।
सप्तरीमा दुई पक्षबीच ग्याङ्ग फाइट भएको छ । गएराति बोदेबर्साइन नगरपालिका ३ कुशमाहर स्थित पुरानो रिसिविको कारण केटाहारुबीच झै–झगडा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले सो मा संलग्न ८ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
पक्राउ पर्नेमा बोदेबर्साइन ४ पर्साही टोल बस्ने २५ वर्षीय कृष्ण कान्त साह, २६ वर्षीय अनिल कुमार साह, २२ वर्षीय चिन्तामनि चौधरी रहेका छन् ।
यस्तै, वडा ३ कुशमाहर बस्ने २४ वर्षीय निरज चौधरी, शम्भुनाथ नगरपालिका ७ सबैया बस्ने २९ वर्षीय देवकान्त मण्डल, डाक्नेश्वनरी नगरपालिका १० बनौला बस्ने ३६ वर्षीय राम कुमार मण्डल,
बोदेबर्साईन ३ सारसर बस्ने २० वर्षीय राम सकल मण्डल र रुपनी गाउँपालिका २ लौवापार बस्ने १८ वर्षीय कृष्ण कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored