TodayPati

मधेश प्रदेश : झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टुडेपाटी–
रौतहट, बैशाख ३ गते ।

रौतहटको गढीमाई नगरपालिका ८मा सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।

शनिवार दिउँसो झडपमा गोली चल्दा स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो ।

Sponsored

यस्तै, स्थानीय निरन्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ भने उनीहरुको उपचार भइरहेको छ । निरन्जनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त गोली काण्डमा १६ जनालाई पक्राउ गरेको छ ।

रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले गोली चलाएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *