TodayPati

मधेश प्रदेश : बीस पालिकामा एउटा दमकल

टुडेपाटी–
सर्लाही, बैशाख ३ गते ।

सर्लाहीमा अहिले दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । आगलागी नियन्त्रणका लागि भने जिल्लाभरमा हरिवन नगरपालिकासँग मात्र एउटा दमकल छ।

सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल बिग्रिएर मर्मतका लागि हेटौँडा पठाइएकाले जिल्लामा जहाँ आगलागी भए हरिवन नगरपालिकाको दमकल दौडाउनु परिरहेको हो।

Sponsored

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)ले नगरपालिकाको आफ्नै खर्चमा जता पनि दमकल पठाउनुपर्दा खर्च धान्न मुस्किल परिरहेको गुनासो गरे ।

उनले भने, ‘आगलागी भएर जनधनको क्षति हुन थालेपछि दमकल पठाउनुप¥यो तर दमकल दौडिँदाको खर्च र मर्मत सम्भारमा भने कसैले सहयोग गर्दैनन् । नगरपालिका एक्लैले दमकल सञ्चालनका लागि मात्रै वार्षिक ३० लाख रुपियाँ खर्च गर्नुपरिरहेको छ।’

नगरप्रमुख बुढाथोकीका अनुसार वार्षिक निश्चित रकम दिने सम्झौता गरी ईश्वरपुर र बागमती नगरपालिकाले दमकल सञ्चालनका लागि साझेदार बनेका छन्। अन्य १८ वटा पालिकामा दमकल पठाउँदा हुने सम्पूर्ण खर्च हरिवन नगरपालिका आफैले बेहोर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ।

Sponsored

करोडौँ खर्च गरेर विलासी वस्तु खरिद गर्ने र संरचना निर्माण गर्ने पालिकाले अतिआवश्यक पर्ने दमकल खरिदमा भने बेवास्ता गर्दै आइरहेकामा आलोचना हुने गरेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *