धनुषामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ
टुडेपाटी-
जनकपुरधाम, बैशाख ३ गते ।
धनुषामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कमला नगरपालिका २ का ३५ वर्षीय छुटकुन भन्ने सिकेन्द्र यादव र २६ वर्षीय सुनिल यादव रहेका छन् ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा दुबैजनालाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकी करिब ७ः३० बजेको समयमा जनकपुरबाट आफ्नो घर कमला नगरपालिका वडा नं. ३ लगमा जाँदै गरेकी महिलालाई सल तानेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व खडकाका अनुसार, श्रीमानसँग पछाडी बसेकी महिलालाई उनीहरुले सल तानेर दुर्ववहार गरेका हुन् ।
Sponsored
सराबे टोलभन्दा पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत श्रीमानसँग मोटरसाईकलमा बसेकी महिलालाई सिकेन्द्र र सुनिलले मोटरसाईकल नजिक लगेर सल तानेको थियो । सल तानेपछि महिलाको घाँटीमा घाउ समेत लागेको छ ।
श्रीमनानमाथि कुटपिट कुटपिट समेत गरिएको छ । महिलाको समेत लुगाकपडा च्यातिदिएको छ भने जयनाथको समेत कपडा च्यातेर कुटपिट गरेको पीडित परिवारले बताएको छ ।
बाटोमै हो हल्लाभएपछि स्थानीयहरुले सिकेन्द्र र सुनिलको विरोध गरेको थियो । उनीहरुमाथि जाईलाग्दा प्रहरी पुगेको थियो । ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचि झिटकैयाको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका पठाएको थियो ।
प्रत्यदर्शीहरुलाई अनुसार, सिकेन्द्र र सुनिलले महिलामाथि जबरदस्ती गरेका थिए । उनको नाकको नथिया र सिक्री समेत लुटेको आरोप लगाइएको छ । महिलामाथि अभद्र व्यवहार गरेपछि उनका श्रीमानले बिहानै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएका छन् ।
तर, राजनीतिक व्यक्तिहरुको चर्को दबाबपछि पनि ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज राजकुमार भट्टले आरोपितलाई नछाडने अडान लिएपछि उनीहरु बाहिरिएका हुन् । महिलासँग अभद्र व्यवहार गरेका आरोपित छुटाउनको लागि स्थानीय, जिल्लास्तरका नेताहरुले दबाब दिन थालेका छन् ।
स्थानीयहरुका अनुसार, आरोपित दुवै जना जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई छुटाउन जसपाका जिल्लास्तरीय नेताहरु सक्रिय भएका छन् ।
दुवै जनामाथि आजै मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउने तयारी भईरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) खडकाले जानकारी दिए ।