मधेश प्रदेश : जग्गा विवादको क्रममा गोली हानाहान, एकको मृत्यु, ३ जना घाइते
टुडेपाटी–
जनकपुरधाम, बैशाख २ गते ।
रौतहटमा जग्गा विवादमा गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्लाको गढीमाईमा नगरपालिका ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
अवैध हथियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भईरहेको छ ।
यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
Sponsored