मेलम्ची खानेपानीको सुरुङ फुटेपछि मृत्यु भएका धनुषाका इन्जिनियरले पाए मरणोपरान्त प्रवल जनसेवाश्री
टुडेपाटी–
जनकपुरधाम, बैशाख १ गते ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ गेट फुटेपछि मृत्यु भएका इन्जिनिर सतिश गोइत मरणोपरान्त राष्ट्रपतिबाट विभुषित भएका छन् ।
असोज ३ गते संविधान दिवसमा राष्ट्रपतिद्वारा घोषित विभूषण आज स्वर्गिय इन्जिनिर गोइतलाई पनि प्रदान गरिएको छ ।
स्वर्गीय इन्जिनिर गोइतलाई मरणोपरान्त प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित गरिएको हो । उनकी आमा मञ्जु देवी यादवले विभुषण बुझेकी छन् ।
२०७७ असार अन्तिम साता आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्वर गेट फुटेपछि बाहिर निस्केको पानीको बहावले इन्जिनियर गोइत चढेको गाडी चालकसहित बगेको थियो । तीन दिनपछि इन्जिनिर गोइतको शव फेला परेको थियो ।
Sponsored