प्रधानमन्त्री प्रचण्ड बैशाख तेस्रो साता भारत भ्रमणमा जाने
टुडेपाटी–
काठमाडौं, बैशाख १ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैशाखको तेस्रो साता भारत भ्रमणमा जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् ।
गत सोमबार नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी भारत भ्रमणको औपचारिक निम्तो दिएको स्रोतले बताएको छ ।
राजदूत श्रीवास्तव अघिल्लो साता प्रधानमन्त्री दाहालको भ्रमणको चाँजोपाँजो मिलाउन दिल्ली गएका थिए । आइतबार दिल्लीबाट फर्किएलगत्तै राजदूत श्रीवास्तवले सोमबार प्रधानमन्त्री प्रचण्डसँग भारत भ्रमणको विषयमा छलफल गरेको बालुवाटार स्रोतले बताएको छ ।
प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तो दिएका थिए । तर, नेपालको आन्तरिक राजनीतिमा भएको उचारचढावले प्रधानमन्त्रीको भ्रमण ढिला हुँदै आएको थियो ।
Sponsored
प्रधानमन्त्री प्रचण्डको जाने निश्चित मिति भने तय भएको छैन् तर बैशाख तेस्रो साता दिल्ली जाने स्रोतले जनाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको मिति टुंग्याउने छ ।