मधेश प्रदेश : पोखरीमा डुबेर ११ महिनाको बच्चाको मृत्यु
टुडेपाटी–
सप्तरी, चैत २९ गते ।
सप्तरीमा पोखरीमा डुबेर ११ महिने बच्चाको मृत्यु भएको छ ।
मंगलबार साँझ रुपनी गाउँपालिका ४ छपकी भलोल बस्ने देवचन्द्र मुखियाको छोरा ११ महिनाको राज मुखिया घरदेखि पुर्बपट्टि रहेको पोखरिमा खेल्ने क्रममा पोखरीमा डुब्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पोखरीमा डुबेर घाईते भएका शिशुलाई छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Sponsored