मधेश प्रदेश : विद्युत चुहावट गर्ने ४ जना पक्राउ
टुडेपाटी–
सप्तरी, चैत २९ गते ।
सप्तरीमा विद्युत चुहावट गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
बुधबार बिहान नेपाल बिधुत प्राधिकरण वोदेवर्साईन शाखाका कर्मचारी, नेपाल प्रहरी र सशत्र प्रहरी समेतको संयुक्त टोलिले विद्युत चुहावट गर्ने चारजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा बोदेबर्साईन नगरपालिका १० अमरैया बस्ने राज कुमार मण्डल, खड्क नगरपालिका ११ वनौली बस्ने राम नारायण यादव, चकवा बस्ने कपलेशवर चौधरी र सुरुङगा नगरपालिका ८ मलहनमा बस्ने अमर लाल साह रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored