TodayPati

सप्तरीमा काेराेना महामारीबाट बच्न माक्स वितरण

टुडेपाटी-
सप्तरी, वैशाख २१ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको काेराेना भाइरसबाट जाेगिन सप्तरीमा माक्स वितरण गरिएको छ ।

सप्तरीको राजगढ गाउँपालिकाका सर्वसाधारणहरुलाई हेल्प देम फाउन्डेसन सप्तरीका विवेक कुमार झाको नेतृत्वमा माक्स वितरण गरिएको हाे ।

फाउन्डेसनका सदस्यहरु नविन कुमार झा, कृष्ण देब यादब, पपु यादब , बिरेन्द्र राम, भोला शर्मा लगायतले सप्तरीके राजगढ गाउँपालिकाकाे नघाेृ,बनैनिया वार्ड नम्बर २ का कमलपुर, झुटकी टाेलमा डोम मुसहर र राम बस्तिका झण्डै ५०० पिस माक्स , ५०० पिस साबुन ,१०० पिस सेनिटाइजर बितरण गरेकाे फाउण्डेशनका झाले जानकारी दिए ।साथै त्याँहाका अति विपन्न तथा गरिब परिवारलाई माक्स ,साबुन पाएपछि खुशि व्यक्त गर्दै फाउन्डेसनलाई धन्यवाद समेत दिएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *