मधेश प्रदेश : ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु, ज्वाइँ जेलमा
टुडेपाटी-
जनकपुरधाम, चैत २६ गते ।
सप्तरीमा घरायसी विवादमा ज्वाइँको कुटपिट गम्भीर घाइते ससुराको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतोको कुटपिटको तीनहिना पश्चात मृत्यु भएको हो ।
उनलाई गत पुस ११ गते आफ्नै छोरी ज्वाइँ बोदेबर्साईन नगरपालिका ७ का २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गरेका थिए । ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई स्थानिय जिवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो । स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको हिजो शनिबार दिउँसो मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार कुटपिटमा संलग्न ज्वाइँ धरौटी रकम तिर्न नसक्दा जेल चलान भइसकेका छन् । ज्वाइँ माथि छठुकी श्रीमती मायाबति नौनियाले ज्यानमार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । सप्तरी जिल्ला अदालतको फैसलाले माघ २५ गते पाचस हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि राजबिराज कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Kasto jabana aayo yaar jow ko kutai Bata sasura mariyo he upar Bala