TodayPati

६ वषदेखि चन्द्रनगर गाउँपालिकाका २० कार्यालय विद्युत चुहावट गर्दै

टुडेपाटी

सर्लाही, चैत्र २१ गते ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा बिगत ६ वर्ष देखि २० सरकारी कार्यालय विद्युत मिटर बिनै कार्य सम्पादन गरिरहेको पाइएको छ । बाँकी रहेको कार्यालयमा विद्युत भए पनि बिजुली महसुल भने तिर्न सकेको छैन । २० कार्यालयहरु मध्ये अधिकांश विद्यालय रहेको र ती सबै विद्यालय तथा कार्यालयहरु ६ वर्ष देखि हुकिङ्ग गरी कार्यालय संचालन गरिरहेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

Sponsored

गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा ई हाजरी लगाउँन खोज्दा यस्तो तथ्य बाहिरिएको हो । ई हाजरी लगाउँदा विद्यालयका प्रधानाध्यपकहरुले बिद्युत सुविधा विद्यालयमा नभएको कारण देखाई ई हाजरी जोडन आनाकानी गरेपछि गाउँपालिकाले सरकारी कार्यालयमा मिटर जडानको अवस्था सम्बन्धी सर्वे गर्दा अधिकांश विद्यालयमा विगत ६ वर्ष भन्दा बढी देखि विद्युत चुहावट गरी कार्यालय संचालन गरिरहेको पाइएको छ । विद्युत मिटर नभएको २० वटा सरकारी कार्यालयहरु मध्ये १७ विद्यालय, बाँकी ३ अन्य कार्यालय रहेको छ । विद्यालयमा ई हाजरी जडान गर्न जानु भन्दा अगाडी गरिएको अनुगमनको क्रममा गाउँपालिका भरीका लगभग सम्पूर्ण सामुदायीक विधालयहरुमा विद्युत संचालनमा रहेको, पखां चलि रहेको, धरै जसो विधालयमा ईन्टरनेट चलेको र कम्प्युुटर संचालनमा रहेको पाइएको पालिका अध्यक्ष राजकुमार महतोले बताए ।

तर ई हाजरी जडान गर्न जांदा विद्युत संचालनमा न रहेको कारण देखाई केही विद्यालयका प्रधानाध्यापकले इ हाजरी जडान गर्न मानेका थिएनन् । यसैगरी बाँकी रहेको १५ कार्यालयहरुले हाल सम्म विद्युत मिटरको बिल भुक्तानी गर्न सकेको छैन । यसरी विद्युत चुहाबट सरकारी कार्यालयबाटै भैरहेको जानकारी गाउँपालिकामा भएपछि अहिले भने कार्यालयहरुले हुकिङ्ग गर्न बन्द गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ । यतिबेला चन्द्रनगर गाउँपालिकाले बुद्युत चुहावट पालिका बनाउन अभियान नै थालेको छ । अब २० कार्यालयहरुमा गाउँपालिकाले मिटर जडान गर्ने योजना बनाइ कार्य अगाडी बढाएको छ भने किसानहरुलाई गाउँपालिकामै कृषि मिटर उपलब्ध गराइरहेका छन ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले विद्युत मिटर बिनै संचालनमा रहेका विद्यालय तथा अन्य कार्यालयहरुमा छिटै मिटर जडान गर्न निर्देशन दिएका छन् । मिटर बिना सञ्चालित कार्यालय विद्यालयका प्रमुखलाई विद्युत मिटर आवेदन फारम गाउँपालिकाले उपलब्ध गराएको छ । उक्त विधालय कार्यालयले मिटर आवेदन फारम भरेर गाउँपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिएका छन् ।

Sponsored

विद्यालय कार्यालयको मिटर जडान दस्तुर गाउँपालिकाले नेपाल विधुत प्राधिकरण मलगंवा वितरण केन्द्रमा तिर्ने व्यवस्था मिलाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *