बारा २ मा उपेन्द्र यादवको जित सुनिश्चित : माधव नेपाल
टुडेपाटी-
जनकपुरधाम, चैत २३ गते ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
बारा २ मा सत्तागठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव छन् । अगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मैदानमा रहेका उपेन्द्र यादवलाई
बारा पुगेर भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताएका हुन् ।
नेपालले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह समेत गरेका छन् ।