अनलाइन ठगी कारोवारमा संलग्न २३ जना जनकपुरधामबाट पक्राउ
टुडेपाटी–
जनकपुरधाम, चैत २१गते ।
धनुषा प्रहरीले अनलाईन ठगीमा संलग्न रहेको आरोपमा जनकपुरधामबाट २३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।
पिडारी चोकमा फ्ल्याट भाडामा लिएर उनीहरुले अनलाइन ठगीको काम गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ पर्नेमा १४ पुरुष र ९ जना महिला रहेका छन् ।
Sponsored