बारा–२ मा १७ जनाको उम्मेदवारी दर्ता
टुडेपाटी–
बारा, चैत २० गते ।
बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमत पार्टीसहितका दल तथा व्यक्ति गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गरिएको छ ।
जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
Sponsored