मधेश प्रदेश : बिल बिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा औषधीहरू लोड रहेको ट्रक नियन्त्रणमा
टुडेपाटी–
पर्सा, चैत १९ गते ।
पर्सा प्रहरीले बिल विजकभन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा औषधीहरू बोकेको ट्रकहरूलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको लैजादै गरेको छ ना ५ ख ९६१३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित सडकखण्डबाट ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा औषधीहरू अन्दाजी ३८ लाख ८० हजार ३८५ रुपैयाँ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।