जबरजस्तीकरणी मुद्धाका फरार प्रतिवादी कारागार चलान
शुभ नारायण यादव–
सप्तरी, चैत १९ गते ।
सप्तरीमा जबरजस्तीकरणी मुद्दामा फरार रहेका एक अभियुक्तलाई कारागार चलान गरिएको छ ।
जवरजस्ती करणी मुद्दामा राजविराज नगरपालिका वडा नंं ९ बस्ने ४२ वर्षीय मो. जावुल मिँयालाई कारागार चलान गरिएको हो ।
मियालाई जबरजस्ती करणी मुद्दामा सप्तरी जिल्ला अदालतले २०७० साल चैत २० गतेका दिन ६ वर्ष कैद हुने गरी फैसला सुनाएको थियो ।
फरार रहेका मियालाई शनिबार पक्राउ गरी आज सप्तरी जिल्ला अदालतमा हाजिर गराई ६ वर्ष कैदको लागि सप्तरी कारागार राजविराज पठाईएको सप्तरी प्रहरीले जनाएको छ ।
Sponsored