TodayPati

मधेश प्रदेश : मेयरको ठाउँमा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

टुडेपाटी-
रौतहट, चैत १९ गते ।

रौतहटमा मेयरको ठाउँमा एसईईको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

Sponsored

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा-६ पोठियाहीका कमल साह पक्राउ परेका हुन ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । पक्राउ परेका युवक इन्जिनियर हुन् ।

Sponsored

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *