TodayPati

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

टुडेपाटी-
काठमाडौं, चैत १९ गते ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल निगम (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसुची अनुसार इन्धनको मूल्य घटेको हो ।

Sponsored

नयाँ मूल्य अनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल लिटरमा १ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको हो ।

घटेको नयाँ मूल्यअनुसार निगमले बजार उपभोक्ता मूल्य भने घटाइसकेको छैन ।

Sponsored

घटेको नयाँ मूल्यपछि निगमलाई १५ दिनमा एक अर्ब ५० करोड बढी नाफा हुने प्रक्षेपण गरिएको छ ।

बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *