TodayPati

महोत्तरीमा बाबुबाट बालिका बलात्कृत

टुडेपाटी–
महोत्तरी, चैत १८ गते ।

महोत्तरीमा बुवाले छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।

महोत्तरीको बर्दिबासको सुदूर उत्तरवर्ती खयरमारा १० भित्री खोलास्थित भालुझोडामा बाबुले छोरीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको घटना बाहिरिएको हो ।

Sponsored

बुवा हाल फरार भएका छन् । वडा कार्यालयको जन्म दर्ता अनुसार बालिकाको जन्म २०६६ माघ २० गते हो ।

विगत ५ महिनादेखि बलात्कारमा परेको यो घटना तीन दिनअघि मात्र बाहिर आएका हो ।

बालिकाले आमासँग आफ्नो पीडा पोखेपछि घटना सार्वजनिक भएको हो ।

Sponsored

आमाका अनुसार नाबालक छोरीले वाकवाकी गर्ने, जे पनि गन्हाउने जस्ता लक्षण बढ्दै गएपछि गर्भ रहेको शङ्का लागेको थियो ।

‘कसको गर्भ हो भनी जति सोध्दा पनि केही दिन बोल्दै बोलिन, धेरै केरकार गरेपछि बल्लबल्ल ‘बुवाको हो’ भनेर रहस्य खोली’ की थिइन ।

आमा माइत गएको समय बाबुले छोरीमाथि बलात्कार गरेको थियो ।

यता प्रहरी नायब उपरीक्षक विजय यादवले पीडित वालिकालाई बर्दिबासस्थित इलाका प्रहरीको संरक्षणमा राखी घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *