TodayPati

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत १७ गते ।

धनुषाबाट श्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । बिहीबार अपराहन्न ४ बजे धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट धनुषाधाम नगरपालिका २ का ५५ वर्षीय जोगिन्द्र यादव र १९ वर्षीय कृष्ण साह पक्राउ परेका हुन् ।

भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं.२–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा दुबैजनाको साथबाट १४ लाख श्रोत नखुलेको रकम बरामद गरिएको हो ।

Sponsored

मोटरसाइकल चालक जोगिन्द्रको साथबाट १० लाख र पछाडि सबार कृष्णको साथबाट ४ लाख रुपैयाँ बरामदसहित पक्राउ गरी थप अुसन्धान धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *