TodayPati

मधेश प्रदेश : ईट्टा भट्टाको पर्खाल भत्किँदा कामदारको मृत्यु

टुडेपाटी–
जनकपुरधाम, चैत १४ गते ।

ईट्टा भट्टाको पर्खाल भत्किँदा सप्तरीमा एक कामदारको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब पौने ६ बजेको समयमा जिल्लाको रुपनि गाउँपालिका वडा नं. २ पिपराहि स्थितमा रहेको जेएसआ ईट्टा भट्टा उद्योगमा काम गर्ने भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

ईट्टा निकाल्ने क्रममा पर्खाल भत्किँदा भारतको वेष्ट वंगाल राज्य जिल्ला कुच बिहार ग्राम पंचायत अठरजनि बस्ने ४५ वर्षीय अलिम अजिमको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

पर्खाल भत्केपछि शरिरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका अजिमलाई गजेन्द्र नारायण सिंह अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए ।

यस्तै, घाइते भएका अन्य दुईजनाको उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *