राराबको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी
टुडेपाटी–
जनकपुरधाम, चैत १४ गते ।
जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ ।
चैत ५ मा सम्पन्न स्ववियु निर्वाचनमा समानुपातिक सूचिमा रहेको नाम छनोट प्रक्रिया विधान सम्मत तरिकाले नगरिएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको हो ।
स्ववियु सभापति मनिषकुमार यादवले समानुपातिक सूचिमा रहेकाहरुको नाम आफू अनुकूल मनोमानी तरिकाले सिफारिस गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)का सदस्य पदका समानुपातिक उम्मेदवारहरुले तालाबन्दी गरेका छन् ।
नेविसंघले सदस्यतर्फ चारवटा समानुपातिक सिट पाएकोमा सभापति यादव र नेविसंघका अन्य केही व्यक्तिहरुले १ नम्बरमा नाम रहेको राजेशकुमार कर्ण, ४ नम्बरमा नाम रहेको उमेशकुमार मण्डल, ८ नम्बरमा नाम रहेको मनिषाकुमारी यादव र ९ नम्बरमा नाम रहेको दिपेन्द्र राउतको नाम सिफारिस गरेको सदस्य पदका उम्मेदवार सुशील अधिकारीको आरोप छ ।
उनीहरुले निर्वाचन समिति प्रमुख रेमन्त मोरबैतालाई समानुपातिक नामावलीको नाम प्रकाशन नगर्न आग्रह गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।
Sponsored